कांग्रेस महाधिवेशन : मतदान समय दिउँसो १ बजेसम्मको लागि सारियो

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज पाँचौँ दिन मतदान हुँदैछ । बिहान १० बजेदेखि सुरु गर्ने भनिएको मतदान तयारी पूरा नभएपछि दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आवश्यक तयारी पूरा नभएकाले मतदानको समय परिवर्तन गरिएको हो ।

महाधिवेशनमा सहभागी सात हजार २५५ प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन् । सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ ।