काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन्।
सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीमध्ये ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ यसअघि नै जारी भइसकेको थियो।
बाँकी दुई अध्यादेश मंगलबार जारी भएसँगै सरकारले सिफारिस गरेका तीनवटै अध्यादेश जारी भएका छन्।







