काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने जनाएको छ। तराईका अधिकांश स्थानमा भने मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने अनुमान गरिएको छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाले कात्तिक ८ गते दिउँसो पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली हुने पूर्वानुमान गरेको छ। तराईमा मौसम मुख्यतया सफा रहनेछ भने कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ।
त्यसैगरी, आइतबार राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली हुने सम्भावना छ। देशका बाँकी हिमाली तथा पहाडी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कात्तिक ९ गते सोमबार देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। तराईलगायत अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।






