काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको मूल्य ३०० रुपैयाँले बढेर प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यसअघि बुधबार सुनको मूल्य ९०० रुपैयाँले बढेर २ लाख ८३ हजार २०० रुपैयाँ पुगेको थियो । त्यस्तै, मंगलबार ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ र सोमबार ३ हजार रुपैयाँले बढेर २ लाख ८१ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
आइतबार भने सुनको मूल्यमा प्रतितोला ११ हजार ७०० रुपैयाँको गिरावट आएको थियो । त्यस दिन सुन प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १०५ रुपैयाँले घटेको छ । महासंघका अनुसार चाँदी शुक्रबार प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य ५० रुपैयाँले घटेर ३ हजार ९३० रुपैयाँ कायम भएको थियो । बुधबार १० रुपैयाँले बढेर ३ हजार ९८० रुपैयाँ पुगेको चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको थियो ।
त्यस्तै, सोमबार चाँदीको मूल्य ४० रुपैयाँले बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको थियो भने आइतबार २३० रुपैयाँले घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको थियो ।






