काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्का दुई सदस्यसँग जहाजमा खिचिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
तस्वीरमा प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल देखिएका छन् ।
भारत भ्रमणका क्रममा जहाजभित्र खिचिएको उक्त तस्वीर सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री वाग्ले र परराष्ट्रमन्त्री खनाल पनि भारत भ्रमणमा सहभागी छन् ।
यसअघि पनि प्रधानमन्त्री शाहले मन्त्रीद्वय सुधन गुरुङ र सुनिल लम्सालसँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।





