कोरोना कोषमा काँग्रेसको दुई लाख

कोरोना रोकथाम तथा उपचार कोषमा नेपाली काँग्रेस भानु नगर समितिले रु दुई लाख सहयोग गरेको छ । जिल्लाका सबै स्थानीय तहमा आर्थिक सहयोग गर्ने नीतिबमोजिम काँग्रेस भानु नगर समितिले मङ्गलबार भानु नगरपालिकालाई रु दुई लाख एक हजार १३ सहयोग गरेको हो । भानु नगर समितिका सभापति श्रीभक्त आचार्यले नगरप्रमुख उदयराज गौलीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ । जिल्लाका विभिन्न स्थानीय तहले खडा गरेको कोरोना कोषमा दमौली, १४ जेठ, राजनीतिक दलको तर्फबाट सहयोग गर्ने क्रम जारी छ । नगरपालिकाको कोषमा प्रदेश सरकारलगायत सङ्घसंस्था र उद्योगी व्यवसायीले सहयोग गरेका छन् । उक्त कोषमा गण्डकी प्रदेश सरकारको तर्फबाट प्राप्त रु १० लाख, शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित सूर्य नेपाल प्रालिको तर्फबाट रु १० लाख, नगरपालिकाका कर्मचारीको तर्फबाट रु दुई लाख ५२ हजार ६०५, नेपाल रेडक्रस सोसाइटी दुलेगौडा उपशाखाको तर्फबाट रु एक लाख ५१ हजार १५१, गण्डकी क्रसर उद्योग व्यवसायी सङ्घको तर्फबाट रु एक लाख प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिनुभयो ।