देशभर थपिए ८२१ जना कोरोना संक्रमित, ८४२ जना निको भए

अहिलेसम्म नेपालमा १८ लाख ३४ हजार ४६४ वटा पीसीआर नमूना परीक्षण

मंसिर, २९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या ८४२ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको छ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

अहिलेसम्म नेपालमा १८ लाख ३४ हजार ४६४ वटा पीसीआर नमूना परीक्षण भएका छन् ।