बल्कोटमा ३५ बर्षिय युवा द्वारा झुन्डिएर आत्महत्या

मंसिर ,३० अर्घाखाँची ।अर्घाखाँची जिल्लाको छत्रबेव गाउँपालिका वडा नम्बर २ बल्कोटमा एक युवक मृत अवस्थामा फेला परेका छन्।

मृत अवस्थामा फेला पर्नेमा छत्रदेव २ बलकोट निवासी ३५ बर्षिय लक्ष्मण बिक रहेका छन्। बिक सजिवनको रुखमा झु’न्डि’ए’को अवस्थामा फेला परेको प्रहरी स्रोतले जनाएको छ।

बिक रातिको समयमा घरबाट चिदिंका जान्छु भनी हिडेका र उनी आज बिहान सम्म न फर्कदा निजको घरपरिवार द्वारा खोजी कार्य गर्दा लक्ष्मण बिकको शव झु’न्डि’ए’को अवस्थामा मृत फेला परेको खबर प्राप्त भएको छ।

बिकले के कारणले झु’न्डि’ए’र प्राण त्याग गरे भन्ने बिषयमा जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीको टोलिले थप अनुसन्धान कार्य गरिरहेको बुझिएको छ।