मंसिर,३० अर्घाखाँचीं ।अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाको वडा नं. ६ धातिवाङ्ग र वडा नं. ७ अडगुरी जोडने खोलामा पुलको शिलन्यास भएपछि स्थानिय बासीन्दा हर्षित भएका छन ।
डल्लेरह भन्ने ठाउँमा प्रदेश सरकारको लगानीमा पुल बन्न लागेको हो । पाणिनीको झन्द्रेक, धातिवाङ्ग, नेटापोखरा, देउराली सडको डल्लेरहमा भौतिक पुर्वाधार मन्त्रालय लुम्बिनी प्रदेशले विनियोजन गरेको रकम सडक पुर्बाधार बिकास कार्यालय अर्घाखाँचीले २ करोड ६२ लाख ९६ हजार नौ सय ८१ रुपैयाको लागतमा पुल निर्माण गर्न थालेको हो ।
निर्माण हुन थालेको पुलको लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधार बिकास मन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्दै पुलको निमार्णसँगै वर्खामा स्थानियलाई आवातजावतमा समस्या नहुने बताए । उनले सबैभन्दा धेरै विकासे बजेट भौतिक तथा पुर्वाधार मन्त्रालयमा हुने भएकाले लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा सड्कको स्तरोन्ती तिव्र रुपमा भएको बताए । सडकमा पहाडी जिल्लामा सबैभन्दा धेरै बजेट अर्घाखाँचीमा विनियोजन भएकाले राम्रोसँग काम गर्न ठेकेदारलाई आग्रह समेत गरे।
प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सडक पुर्वाधारको क्षेत्रमा अर्घाखाँचीलाई नमुना जिल्ला बनाउने गरी काम अगाडी बढेको बताए । पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले संघ, प्रदेश र स्थानीय सरकार बिच तालमेल नहुँदा काम गर्न अफ्ठ्यारो भएको बताए ।
पुष्प निमार्ण सेवाले ठेक्का लिएको पुल निमार्णको काम समयमै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । निमार्ण सेवाका ठेकेदार नारायणप्रसाद बन्जाडेले बहुवर्षे ठेक्का अन्र्तगत २०७८ सालको मंसिरमा काम सम्पन्न गर्नुपर्ने भएतापनि सुरु भएको काम २०७७ को चैत मसान्तसम्म सम्पन्न गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का, संविधान सभा सदस्य नजिर मिया, प्रदेश सभा सदस्य चेतनारायण आचार्य, प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पौडेल, पाणिनि गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतम, सडक पुर्वाधार बिकास कार्यलयका निर्देशक भिमार्जुन पाण्डे, सडक पुर्वाधार बिकास कार्यालय अर्घाखाँचीका प्रमुख विनोद चौधरी, नेपाली कांग्रेसका नेता मणिराम पौडेल, नेकपाका नेता जीवनारायण कोइराला, वडा अध्यक्षहरु जीवलाल घिमिरे, गुणखर अधिकारी, प्रहरी नायव उपरिक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरीका प्रमुख रामकृष्ण महर्जन, अनुसन्धान अधिकृत विनय चतुबेर्दी लगायतको उपस्थिति रहेको थियो ।







