महानगरले शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद गर्न अनुदान दिने

पुष १, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई सीटी स्क्यान मेसिन खरिदका लागि अनुदान दिने भएको छ ।

अस्पतालमा अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदका लागि आर्थिक अनुदान दिने सम्बन्धमा मंगलबार सम्झौता भएको हो ।

उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा मेयर विद्यासुन्दर शाक्य र अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दिनेश काफ्लेबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार महानगरपालिकाले ७ करोड ५० लाख रुपैयाँ बराबरका १२८ स्लाइसको अत्याधुनिक सिटी स्क्यान मेसिन खरिद गर्न सहयोग गर्नेछ ।