रत्ननगर उद्योग वाणीज्य संघमा कान्छो उम्मेदवार बिसुरालले पाए सार्वधिक मत

पुष १, चितवन ।
रत्ननगर उद्योग वाणीज्य संघको उद्योग सदस्य तर्फ उम्मेदवारी दिएका अनुप बिसुरालले सार्वधिक मत पाएका छन् । अन्य पदाधिकारीको भन्दा तुलनात्मक रुपमा उनको मत बढी रह्यो ।

संघको बरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार शंकर गिरीले ६ सय ४ मत ल्याएर विजयी हुँदा अनुपले ६ सय ४५ मत प्राप्त गरे । २६ बर्षका युवा व्यवसायी बिसुराल शिखर पोल्ट्री फर्मका सञ्चालक हुन् ।

सानो उमेरमा ठुलो लगानीको व्यवसायमा हात हालेका बिसुराल नेकपा प्यानलबाट चुनावी मैदानमा रहेको भए पनि उनलाई युवाहरुको पुर्ण साथ रह्यो । संघमा उम्मेदवारी दिएकामध्ये उनी सबै भन्दा कान्छो उम्मेदवार थिए ।

उद्योग वाणीज्य संघ रत्ननगरका पुर्व अध्यक्ष ज्ञान बहादुर बिसुरालका छोरा उनले निर्वाचन जितेलगत्तै मतदातालाई धन्यवाद दिँदै युवाहरुलाई आर्थिक विकासतर्फ प्रोत्साहन गर्नेतर्फ लाग्ने बताए । उनले आफू संघको सदस्य मात्र भए पनि पछिल्लो समय देशका युवाको अवस्था हेर्दा विदेसिनु पर्ने अवस्थालाई मध्यनजर गर्दै अर्थिक विकास तर्फ लाग्न प्रेरित गर्न सक्ने बताए ।