संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

पुष, १ काठमाडौं । मंगलबार जारी गरिएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा अध्यादेश जारी भएको थियो । उक्त जारी गरिएको अध्यादेश विरुद्ध चौतर्फी विरोधसमेत भएको छ ।

अभिवक्ता ओमप्रकाश अर्यालले अध्यादेश खारेजीका लागि आदेश माग गर्दै बुधबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) २०७७ जारी गरेकी थिइन् ।