प्रधानमन्त्री ओली अध्यादेश फिर्ता लिन तयार

पुष, १ काठमाडौं । मंगलबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् ।

चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा अ‍ोली संवैधानिक परिषद्को बैठक सम्बन्धी अध्यादेश फिर्ता गर्न तयार भएका हुन् ।

बालुवाटारमा बुधबार अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा ओली अध्यादेश फिर्ता गर्न तयार भएको बताइएको छ।

दुई अध्यक्षबीच सो अध्यादेश फिर्ता गर्ने बिषयमा छलफल भएको छ।