अधिकारीद्धारा सनपा ५ को स्वास्थ्य चौकी भवन बनाउन नि:शुल्क जग्गा दान

पुस,०१ अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्वर ५ को स्वास्थ्य चौकी भवन निर्माण गर्न नेकपाका नगर सचिव शिव अधिकारी र उहाँकी धर्म पत्नी तारा अधिकारीले ३ रोपनी जग्गा नि:शुल्क प्रदान गरेका छन् ।

वडाको बिच भागमा पर्ने ३ रोपनी जग्गा स्वास्थ्य चौकीको भवन निर्माण गर्न जग्गादान गरी उक्त लालपुर्जा आज सन्धिखर्क नगरपाकिलाका नगर प्रमुख कमल प्रसाद भुसाललाई हस्तान्तरण गरेका छन ।

कार्यक्रममा मन्तब्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले वडाकोे बिच भागमा पर्ने जग्गा नगरपालिकाको स्वास्थ्य चौकी भवन बनाउन दिने नेकपाका नगर सचिव, उहाँकी श्रीमती तथा उहाँको सम्पुर्ण परिवारलाई धन्यवाद दिदै उज्वल भविश्यको कामना समेत गरे। नगर प्रमुख भुसालले सबै वडामा स्वास्थ्यचौकी भवन निर्माण गरेर निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने बताए ।

सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुर कुमार बिकले नगरवासीलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्न आफुहरु लागि परेको बताएका थिए । कार्यक्रम सनिधखर्क नगरपाकिलाका शाखा अधिकृत मञ्जु खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।