बेलायतबाट आएका सबैलाई क्वारेन्टिनमा बस्न स्वास्थ मन्त्रालयकाे आग्रह

पुस ,०८ काठमाडौ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतबाट हालै नेपाल आएकाहरुलाई १० दिन अनिवार्य होटल क्वारेन्टिनमा बस्न अनुराेध गरेकाे छ ।

बेलायतामा हालै मात्र नयाँ प्रजातीको कोरोना भाइरस देखिएको भन्दै सतर्कताका लागि मन्त्रालये पुस १ देखि ७ गतेसम्म बेलायतबाट वा बेलायतको बाटो भएर नेपाल आएका सबैलाई अनिवार्य रुपमा होटल क्वारेन्टिनमा बस्न आग्रह गरेको छ ।

मन्त्रालयले नेपाल प्रवेश गरेको ७ देखि १० दिनभित्र सरकारी स्वास्थ्य प्रयोगशालामा गइ आर.टी.पीसीआर टेष्ट गर्न आग्रह गरेको छ । यसरी गरिने टेष्टको कुनै पनि शुल्क नलाग्ने कुरा जानकारी गराएकाे छ ।