पुष, ९ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ ।
बुधबारको बैठकले संसद विघटनविरुद्ध देशभर प्रदर्शन गर्ने निर्णय गरे पनि प्रदर्शन सुरु गर्ने मिति र प्रदर्शनको स्वरुपका विषयमा टुंगो लाएको थिएन । आजको बैठकले संसद विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्नेछ । यी विषयमा आजको बैठकले निर्णय गर्ने जनाइएको छ ।
हिजोको बैठकमा बोल्ने नेताहरुले संसद विघटनविरुद्ध सडकमा जान ढिलाइ गर्न नहुने धारणा राखेका थिए ।
बैठक आज दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बताइएको छ ।







