प्रचण्ड-नेपाल समूह शुक्रबार सर्वोच्च र निर्वाचन आयोग जाने, सँगसँगै आन्दोलन गर्ने तयारी

पुस,०९ काठमाडौं । प्रचण्ड-नेपाल समूह शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएको छ ।

आफ्नो बहुमतिसद्ध गर्न  शुक्रबार १० बजे केन्द्रीय सदस्य र निवर्तमान सांसदहरु सर्वोच्च अदालत जाने एक नेताले जानकारी दिए । त्यस्तै १२ बजे केन्द्रीय सदस्यहरु अधिकारिकताका लागि भन्दै  निर्वाचन आयोग जाने भएका हुन् ।

आन्दोलनका कार्यक्रमअन्तर्गत पुस १० गते बिहान ९ः३० बजे माइतीघर मण्डलामा उपस्थित भएर प्लेकार्डसहित निर्वाचन आयोग जाने तय गरिएको प्रचण्ड नेपाल पक्षले जनाएको छ ।

त्यस्तै भोलि (शुक्रबार) देखि संसद् विघटनको विरोधमा संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने तयारी प्रचण्ड-नेपाल समूहले गरेको छ ।

११ गते प्रदेश कार्यालयको बैठक गने र १२ गते ७७ वटै जिल्लामा भेला गर्ने कार्यक्रम तय भएको छ ।

१४ गते राजधानी काठमाडौंसहित जिल्ला–जिल्लामा विरोध प्रदर्शन गर्ने, २० गते सबै नगर भेला गर्ने र २५ गते सबै वडामा भेला गर्ने निर्णय भएको प्रचण्ड–नेपाल पक्षले जनाएको छ । 

त्यसका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा आन्दोलन परिचालन मूल कमिटी गठन भएको छ ।

प्रदेशको आन्दोलनको संयोजन स्थायी कमिटी सदस्य र प्रदेश कार्यालयको संयोजनमा हुने उल्लेख छ ।