पुष, ९ काठमाडौं । गृहमन्त्रीसमेत रहेका नेकपाका सचिवालय सदस्य रामबहादुर थापा बादलले नेकपाबाट एउटा गुट अलग भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली नेतृत्वको नेकपाको बैठकलाई सम्बोधन गर्दै बादलले निकै सोच विचार गरेर आफूले मूल नेतृत्वलाई जोगाउन यस्तो निर्णय लिएको बताए ।
प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका बादलले बैठकलाई सम्बोधन गर्दै नेकपाबाट एउटा गुट अलग भएको र त्यसमा प्रतिक्रियावादीहरुले खुसी र उत्सब मनाइरहेको बताए ।
यसबाट जनता दुखि भएको उनले बताए ।







