पुष, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा बितेका २४ घण्टामा थप ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ५१० जनाको पीसीआर परीक्षणा गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये २३३ जना महिला र ३८० पुरुष रहेका छन् ।







