३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले, बुधवार नियमित प्रेस ब्रिफिङ मार्फत, देशभर पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना पोजिटिभ देखिएको बताए ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ । संक्रमितमध्ये ५ हजार ९ सय ९० जना आइसोलेसनमा उपचार गराईरहेका छ्न् भने ११६७ निको भइसकेका छ्न् ।
हाल सम्म कोरोना सन्क्रमणबाट २० जनाको मृत्यु भएको छ ।







