फागुन, ५ काठमाडौं । बलत्कार र हत्यामा शंकास्पद एक जनालाई पक्राउ गरेको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिका – ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
भागेर भारत जान लागेको अवस्थामा एक संदिग्धलाई प्रहरीले महेन्द्रनगरबाट पक्राउ गरेको स्रोतले बताएको छ । शंकाको घेरामा परेका ती व्यक्ति गत शनिवार पक्राउ गरिएको हो ।
प्रहरीको टोलीले ती शंकितलाई शनिवार राति कञ्चनपुरको महेन्द्रनगरहुँदै भारत जान लागेको अवस्थामा पक्राउ गरेको हो ।
अनुसन्धानलाई भरहकोले उक्त पक्राउ परेका व्यत्तिको विषयमा केहि खुलाएको छैन् ।







