फागुन,५ बुटवल । रुपन्देहीको सैनामैनामा जारी तेस्रो मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि लागि आज प्रतिस्पर्धा हुदै छ । गत माघ २४ गतेदेखि जारी प्रतियोगिताको उपाधिका लागि खनाल ब्रदर्श र फर्साटिकर युवा क्लब भिड्दै छन् ।
विभिन्न जिल्लाका १२ समूहको सहभागिता रहेको प्रतियोगितामा समूह चरणका खेलमा विजयी हुँदै खनाल र फर्साटिकर फाइनल प्रवेश गरेका हुन् । सैनामैना नगरपालिकाको आयोजना तथा स्थानीय जनप्रिय युवा क्लबको व्यवस्थापनमा जारी प्रतियोगितामा खनालले फुलबारी गाइजलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो भने फर्साटिकरले विश्वशान्ती युवाक्लबलाई पराजीत गरेको थियो । सैनामैना-७ सरस्वती माविको खेल मैदानमा जारी प्रतियोगिताको फाइनल खेल दिउसो २ बजेदेखि हुने आयोजकले जनाएको छ ।







