संवैधानिक इजलासमा गीता पाठकले सुनाइन नारायण गोपालको गीत

तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र

फागुन,७ काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता गीता पाठक सङ्ग्रौलाले नारायण गोपालको गीत सुनाएकी छन्।

विघटन विरुद्धको पक्षमा बहस गर्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले गुलाम अलिको सायरी र गोपाल कृष्ण घिमिरेले अन्जु पन्तको गीत सुनाएका थिए। 

एमिकस क्युरीका तर्फबाट अन्तिम राय दिर्दै वरिष्ठ अधिवक्ता पाठकले धेरै सायरी आय तर खासमा यहाँ सुहाउने त स्वर सम्राट् नारायण गोपालको गीत हो भनिन्। ‘तिमीले भनेका सारा देव छोएर, म क्रिया खान कहाँ सक्छु र ? भन्ने चाही सुहाउँछ’ उनले गाइन। 

उनले संविधान बिरामी नहुने र कोमामा नजाने बताइन। इजलासलाई राय दिँदै उनले संविधान बिरामी भए सबै बिरामी हुने बताउँदै प्रतिनिधिसभा विघटन संवैधानिक नभएको तर्क गरेकी छन्।