चैत,२३ काठमाडौ।कोभिड १९ संक्रमण फेरि बढेको भनदै भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा स्थगित गरिएको छ।
कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको आइतबार बसेको बैठकले बिस्केट जात्रा रोक्ने निर्णय गरेको हो। बैठकले गत वर्ष जस्तै यस वर्ष पनि जात्रा नगर्ने निर्णय गरेको हो।
जात्रामा भक्तजनको भीड हुने यसले संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्केट जात्रा रोक्ने निर्णय बैठकले गरेको हो ।







