चैत,३० काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले निर्वाचनको मिति छिट्टै घोषणासक्ने बताएका छन् ।
गृहजिल्ला दोलखास्थित कालिञ्चोक गाउँपालिकामा रहेको सित्का माध्यामिक विद्यालयको ५८ औं वार्षिकोत्सव समारोहलाई आइतबार सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।निर्वाचनको मिति छिट्टै घोषणा हुुनसक्छ, त्यसको तयारीमा जुट्नुस्,’ उनले भने ।







