कर्णाली प्रदेशका ३ मन्त्रीले दिए राजीनामा

चैत, २४ काठमाडौं। नेकपा एमालेका तर्फबाट कर्णाली प्रदेश सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिएका छन् ।

कर्णाली प्रदेश सरकारमा एमालेका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा सहभागी थिए । उनीहरु तिनै जना माधव नेपाल समूहका हुन् ।

पार्टीको संसदीय दलले दिएको निर्देशन पालना गर्दै उनीहरुले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाही समक्ष राजीनामा दिएका हुन् ।