विप्लवले राजनीतिक भेटघाट बढाए

असार, २९ काठमाडौं । बुधवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटघाट गरेका छन् ।

विप्लव आज बिहान नेपाललाई भेट्न विप्लव नेपाल निवास कोटेश्वर पुगेका हुन् । आजको भेटघाटमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ । आजको भेटघाटमा विप्लव समूहका नेता धर्मेन्द्र झा समेत उपस्थिती भएका थिए ।

गत फागुन २१ गते शान्तिपूर्ण राजनीतिमा आएका विप्लव केहि समय भेटघाट र मिडियाबाट टाढै रहेपनि पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्रता दिएका छन् ।