प्रचण्ड र उपेन्द्रले माधव नेपालसँग गरे छुट्टा-छुट्टै छलफल

साउन, ५ काठमाडौं । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र जसपा अध्यक्ष उपेन्द्र यादवले छुट्टा-छ्ट्टै भेटेका छन् ।
आज विहान भएको भेटमा प्रचण्डले नेपालसँग करिव ४५ मिनेट कुरा गरेका छन् । उनले नेपाललाई सरकारमा सामेल हुन अनुरोध गरेको बुझिएको छ ।

नेपाल निवासबाट प्रचण्ड बाहिरिएपछि जसपा अध्यक्ष यादब नेपाल निवास पुगेको बुझिएको छ । यादवसँग के कुराकानी भयो भन्ने केही खुलाइएको छैन ।