अपमान सहेर पार्टीमा नबसिने माधव नेपालको चेतावनी

साउन, ७ काठमाडौं । नेकपा(एमाले)का वरिष्ठ नेता माधव नेपालले अध्यक्ष केपी शर्मा ओलीले बालकोट निवासमा गरेको भाषणलाई नाटक मञ्चन गरेको बताएका छन् ।

आज पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले अपराधिक, शोषक, सामन्ती, जाली–झेली, फटाहा तत्वहरूले कहिले स्याल हुइयाँ, कहिले बाँदर जुलुस, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको बताएका हुन् ।

नेता नेपालले अपमान सहेर पार्टीमा नबसिने चेतावनी समेत दिएका छन् । उनले भने ‘कसैलाई आफूले बनाएको घर छाडेर हिँड्ने मन हुन्न तर अपमान सहेर कोही पनि बस्दैन्,’ नेपालले भने, ‘गलत कुकर्म सहेर कोही पनि बस्न हुन्न । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।’