साउन, ७ काठमाडौं । पछिल्लो विवरण अनुसार नेपालमा थप २८१४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ८२९ जनाको परीक्षण गर्दा सां संख्यामा संक्रमित थपिएका हुन।
यस्तै आज १२८८ जना संक्रमित निको भएका छन्। यसैगरि थप २४ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।







