ट्राफिक प्रहरी प्रमुख सडकका खाल्डा पुर्ने देखि चौपायाका घाँटीमा स्टिकर टाँस्दै

लक्ष्मण गजुरेल
साउन, ९ काठमाडौं । महानगरीय ट्राफिक प्रहरीले जोखिममा रहेका खाल्डाखुल्डी आफै अग्रसर भएर पुर्न थालेको छ । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुर प्रमुख नरेश बहादुर शाही नेतृत्वको टिम सडक जोखिम रहेका खाल्डाखुल्डी पुर्ने काम सुरु भएको जनाएको छ ।

टिप्पर, मिनि ट्रक आदिलाई माटो तथा बालुवा सहयोग मागेर ट्राफिक प्रहरीले जोखिम रहेका खाल्डाखुल्डी पुरेको हो प्रमुख शाहिले बताएका छन् । सडक मर्मतसम्भार गर्ने काम सडक विभाग तथा महानगरपालिका, नगरपालिका तथा स्थानीय सरकारको भए पनि बिग्रेभत्केको ठाउँमा सम्बन्धित पक्षको ध्यानाकर्षण नभएको शाहिले शाहीको गुनासो छ ।

समयमै बिग्रेको सडक मर्मत नहुदा यात्रु तथा सवारीसाधनलाई लागि समस्या पर्ने गरेको थियो । सडक दुर्घटना बढ्न थालेपछि मध्यनजर गर्दै मुख्य जोखिमयुक्त सडकमा सुरु गरेको उनले बताए । खाल्डा खुल्डी पुरेपछि सडक दुर्घटनामा कमि आउने उनको बुझाइ छ ।

यस्तै सडक प्रमुख शाहिकै नेतृत्वमा सुरक्षाकै लागि ललितपुर ट्राफिकले सवारीसाधनका चालक तथा यात्रुलाई जनचेतनामूलक कार्यक्रमबारे जानकारी गराएको छ । इमाडोल कृष्ण मन्दिर अगाडि ट्राफिक प्रहरीले स्वास्थ्य मापदण्ड पालना, ट्राफिक नियमको बारे जानकारी, भाडादरको बारे जानकारी, तथा सडक सुरक्षा बारे चेतनामूलक कार्यक्रम गरेको हो । ट्राफिक प्रहरीले सडकमै सवारीसाधनका चालक तथा यात्रुलाई ट्राफिक नियम तथा अन्य जानकारीमुलक गतिविधि बारे क्लास दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

भाडा बढेको भनेर अस्वभाविक रुपमा यात्रुहरु बाट पैसा लिने,स्वास्थ मापदण्ड पुरा नगरेर सवारीसाधन चलाउने काम बढेकाले जनचेतना फैलाउन यस्तो कार्यक्रम गरेको ललितपुर ट्राफिक प्रहरी परिसर प्रमुख नरेश बहादुर शाहीले बताएका छन् । यस्तै सडक छाडिएको गाई तथा अन्य पशुचौपायहरुको कारणले रातमा दुर्घटना नहोस भनेर गलामा टल्कने स्टिकर पनि झुन्डाइएको शाहीले बताए । त्यसले गर्दा सवारी दुर्घटनामा कमि आएको शाहिले बताएका छन् ।