कोरोनाः थप ३ हजार ११४ जनामा संक्रमण पुष्टि, १६ जनाको मृत्यु

साउन, ९ काठमाडौं । पछिल्लो विवरण अनुसार वितेका २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । थप १६ जनाको मृत्यु भएको छ।