हाइटीमा शक्तिशाली भूकम्पः पछिल्लो विवरण अनुसार ३०४ जनाको मृत्यु, १८ सयभन्दा बढी घाइते

साउन, ३१ काठमाडौं । हाइटीमा ७.२ रेक्टरको शत्तिशाली भुकम्प गएको छ । भूकम्पपछि हालसम्म ३०४ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।

भूकम्पपछि भत्किएका कयौँ संरचनामा परेका १८ सय जनाभन्दा बढी घाइते भएको बताइएको छ ।

घना बस्ती भएको राजधानी, मध्य पोर्ट–अउ–प्रिन्सबाट १६० किलोमिटर टाढा केन्द्रबिन्दु भएको गएको भूक्पको झट्का छिमेकी मुलुकहरूसमेत महसुस गरिएको छ ।

हाइटीका प्रधानमन्त्रीले भूकम्पका कारण गम्भीर क्षति भएको उल्लेख गर्दै एक महिनाका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन् ।

प्रकोपले ग्रस्त क्यारेबियन राष्ट्र हाइटीको पश्चिममा भूकम्पपछि सुनामी आउनसक्ने भन्दै हजारौँ मानिसलाई समूद्र किनारबाट टाढा तथा अग्लो सुरक्षित स्थलतर्फ जान आग्रह गरिएको छ ।

युएसजीएसले हाइटीको तटवर्ती इलाकामा भूकम्पपछि तीन मिटर ढझन्डै १० फिट) सम्म छालहरू आउनसक्ने चेतावनी दिएको छ ।

यसअघि हाइटीमा सन् २०१० को जनवरीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो ।

तस्वीर : गेट्टी इमेज