विराटनगर । आज प्रदेश १ का मुख्यमन्त्री विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकबाट आचार्यले विश्वासको मत लिन लागेका हुन् ।
साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची रहेको छ ।
९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउनका लागि ४७ जनाको समर्थन आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धनमा ५० जना सांसद छन् । सत्तापक्षमा सभामुखसहित ४१ जना मात्रै रहेका छन् ।







