शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार

कात्तिक, २१ काठमाडौं । प्रहरी उपरिक्षक डा संज्ञा मल्ललाई ११ औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ ।

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत संज्ञा मल्ललाई पुरस्कृत गर्ने संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दे जानकारी गराएको हो । डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइ प्रमुखको भूमिकामा छिन् ।

मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्ने विज्ञप्तिमा बताइएको छ ।