कात्तिक, २३ काठमाडौं । शहरी विकास मन्त्रालयले उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेको छ ।
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अर्को व्यवस्था नभएसम्मका लागि उपभोक्ता समितिमार्फत हुने नयाँ खरिद सम्झौता रोकेकी हुन् ।
गत कार्तिक १४ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै उपभोक्ता समितिमार्फत हुने सबै खरिद कार्यहरू तत्कालका लागि रोकेकी हुन् ।
निर्माण कार्यहरुका लागि स्पष्ट कार्यविधि बनाइ कार्यान्वयन गर्न उपयुक्त रहेको बताउँदै उक्त प्रक्रिया रोकिएको जानकारी गराइएको छ ।








