वर्तमान सरकार ‘दुषित गठवन्धन’हो : नेता नेम्बाङ

कात्तिक, २४ पाँचथर । नेकपा (एमाले)का संसदिय दलका उपनेता तथा संविद्यान सभा अध्यक्ष सुवास नेम्बाङले सत्तारुढ गठबन्धन दुषित भएको आरोप लगाएका छन् । आज पाँचथरको फिदिममा भएको फिदिम नगरकमिटीको अधिवेशको उद्घाटन गर्दै नेम्बाङले त्यस्तो बताएका हुन् ।

सत्तारुढ गठवन्धनलाई ‘दुषित गठवन्धन’ को संज्ञा दिँदै नेम्वाङले ८८ दिनसम्म सरकार बिस्तार गर्न नसकेको देउवा सरकारले ‘बजेट होलिडे’ भन्दै बिश्व सामु नेपाललाइ लज्जास्पद तुल्याएको टिप्पणी पनि गरे । वर्तमान सरकारले देश र जनताका ​पक्षमा सिन्को भाच्न नसक्ने टिप्पणी गर्दै आगामी चुनावमा उसका कमजोर कामहरुलाई नै एजेण्डा बनाएर जनता माझ जाने उनको भनाइ थियो ।

उनले वर्तमान गठबन्धनले गठन गरेको उच्च स्तरीय राजनीति समिति पनि अबैधानीक भएको दावी गरेका छन् ।

नेम्वाङले संविधान र संसद रहेसम्म यस्ता संयन्त्र आवस्यक नपर्ने बताएका हुन् । सत्तारुढ गठबन्धन र पार्टि भित्रको खटपटी व्यवस्थापन गर्न मात्रै यस्तो संयन्त्र बनाइएको उनको भनाई थियो । ‘संघीय लोकतान्त्रि गणतन्त्रमा नेपालको सम्बिधान २०७२ सर्बोच्च हो, त्यसपछि संसद, कार्यकारी प्रधानमन्त्री र सरकारले बिधि सम्मत निर्णय गरेर अगाडी बढाइएका कामलाई गति दिन तिनका अंगहरुले सहयोग गर्नुपर्छ, यस्तो अवस्थामा किन चाहियो उच्च स्तरीय संयन्त्र ?’ उनको प्रश्न थियो ।

सोहि कार्यक्रममा बोल्दै नेता नेम्वाङले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी बवधिवत रुपमा जन्मिन बाँकी रहेको दाबी पनि गरे ।
एमालेले कार्वाहि गरेका सांसदहरुका विषयमा आफुहरुले अदालतमा दर्ता गराएको मुद्वा फैसला हुन बाँकी रहनुका साथै पहिले पार्टी फुटाउन हस्ताक्षर गरेका सांसद र केन्द्रीय सदस्य अहिले सबै त्यो पार्टिमा नरहेकाले पनि अबैधानिक हो भन्ने आधार पर्याप्त रहेको उनको दाबी थियो ।