कस्तो रहला आजको मौसम

कात्तिक, २५ काठमाडौं । देशभर आजको मौसम सामान्य रहेको छ ।

देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम दिउँसोसम्मै जारी रहने महाशाखाको पूर्वानुमान छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर छैन ।