इतिहासकै दुर्लभ घटना : सर्वोच्च अदालत धक्कामुक्की

२५ कात्तिक, काठमाडौं । बिहीबार सर्वोच्च अदालतमा कानुन व्यावसायी र प्रहरीबीच धक्कामुक्की भयो । जुन न्यायलयभित्र हुने इतिहासकै र्दुलर्भ घटनाहरुमध्ये एक भएको बताउँछन् कानुन व्यावसायीहरु ।

‘हामी झण्डै तीन सातादेखि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै शान्तिपुर्ण आन्दोलनमा छौं । तर, हान्तिपुर्ण आन्दोलनमा हस्तक्षेप गर्ने र कानुन व्यावसायीहरुमाथि लाठी चार्ज गरेर घाइते बनाउने काम भयो । त्यहीबीचमा दुबैपक्षबीच धक्कामुक्की हुन पुग्यो । यो इतिहासकै दुर्लभ घटनाहरुमध्ये एक हो’ अधिवक्ता ओमप्रकाश अर्यालले भने ।

न्यायलय राज्यका तीन अंगमध्ये एक हो । जसले कार्यपालिका र न्यायपालिकाले गरेको काममाथि समेत निगरानी राख्छ र कार्यपालिका र न्यायपालिकाबाट आएका कानुनहरुको ब्याख्या गर्ने प्रमुख जिम्मेवारी राख्दछ । कार्यपालिका र न्यायपालिकामा जनताबाट निर्वापचत जनप्रतिनिधिहरु हुन्छन् जो सबै विज्ञ नहुन सक्छन् । तर, न्यायपालिका बौद्धिकहरुमात्रै हुने ठाउँ हो । न्यायपालिकालाई नैतिक ठाउँ पनि भनिन्छ । कतिपयले न्यायपालिकालाई न्याय सदने ठाउँ भनेर ‘भगवानको पगरी’ समेत दिन्छन् । तर, त्यति न्यायलय पछिल्लो समय अशान्त छ । कारण– प्रधानन्यायाधीश जबराको प्रवृति र न्यायाधीश तथा कानुन व्यावसायीहरुद्धारा आन्दोलन ।

आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले केही दिनयता सर्वोच्च अदालत परिसरको एक छेउमा धर्ना दिइररहेका थिए । नेपाल बार एशोसिएसनको कार्यालयबाट क्यान्टिन छेउको ढोका प्रयोग गरेर सर्वोच्च अदालत परिसरमा प्रवेश गरी कानुन व्यवसायीले एकघण्टा धर्ना दिन्थे र, त्यसपछि बारकै प्रांगणमा प्रदर्शन र कोणसभा गर्थे । निरन्तर दुई सातासम्म यसरी नै शान्तिपुर्ण आन्दोलन गर्दै आएका कानुन व्यावसायी र प्रहरीबीच बीहिबार धक्कामुक्की नै भयो । धक्कामुक्कीमा परी नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल सहित ६ जना घाइते भएका छन् । उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्वकेन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन् ।

यसअघि पनि सर्वाच्च अदालतमा विरोधका कार्यक्रम नभएको होइन । कालोपट्टी बाँधेर कानुन व्यावसायीहरु बहसमै गएको उदाहरण पनि छ । दिलिप कुमार पौडेल प्रधानन्यायाधीश हुँदा कानुन व्यावसायीहरुले अवज्ञा आन्दोलन गरेका थिए । ०६२÷०६३ को जनआन्दोलन चलिरहेको थियो । त्यसबेला प्रधान न्यायाधीश दिलिप कुमार पौडेलले राजाको पक्षमा काम गरेको आरोप लाग्यो । उनी राजाले बोलाएको राज पिरिषदमा सहभागि भएका थिए । अहिलेका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यादेश अनुसार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागि भएजस्तै । प्रमुख विपक्षी दलको नेता र सभामुखले बहिष्कार गर्दा पनि जबरा संवैधनिक परिषदको बैठकमा सहभागि भए जस्तै तत्कालिन प्रधानन्यायाधीश पौडेल राजतन्त्र विरुद्ध आन्दोलन चर्किरहँदा राजपरिषदको बैठकमा सहभागि भएपछि बहुदल र राजतन्त्रको अन्त्यको पक्षमा वकालत गर्दै कानुन व्यावसायीहरुले अवज्ञा आन्दोलन गरेका थिए ।

त्यसबेला अष्ट्रेलियामा भएको प्रधानन्यायाधीशहरुको सम्मेलनमा न्यायाधीश हरि प्रसादले पनि राजाको सर्पोटमा कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसबेला नेपाल बारको अध्यक्ष शम्भु श्रेष्ठ थिए । उनको नेतृत्वमा प्रधानन्यायाधीश पौडेल र न्यायशीभ हरि प्रसादको विरोधमा अवज्ञा आन्दोलन भएको थियो ।

अवज्ञा आन्दोलन अन्तर्गत उनीहरु दुबैजना सहभागि सार्वजनिक कार्यक्रमहरु बहिष्कार गरेको थापा बताए । तर, अहिले जस्तो धक्कामुक्की नै भने नभएको र बिहीबारको धक्कामुक्की इतिहासकै दुर्लभमध्ये एक भएको उनको भनाइ छ ।

सर्वोच्च परिसरमा भएको धक्कामुक्कीका बेला सशस्त्रको टोली पनि खटाइयो । सशस्त्र प्रहरीको टोली नेपाल प्रहरीको ब्याक सपोर्टमा राखिएको थियो । सर्वोच्च अदालत परिसरमा नेपाल प्रहरीका एसपीको कमाण्डमा प्रहरी कार्यालय नै स्थापित छ । सुरक्षा चुनौतीको अवस्था हेरेर नेपाल प्रहरीले अतिरिक्त प्रहरी टोली खटाउने गर्दछ ।

बिहीबार सर्वोच्च परिसरमा कानून व्‍यवसायी र प्रहरीबीच घम्साघम्सी भएपछि सशस्त्रको अर्को टोली पनि सर्वोच्च अदालतभित्रै खटाइएको विगतमा नदेखेको कानुन व्यावसायीहरु बताउछन् । नेपाल बारका उपाध्यक्ष रक्षा बस्याल सर्वोच्चमा सुरक्षा चुनौती हुनु एक दुर्लभ इतिहास भएको बताउँछिन् ।

यसलाई नेपाल बार एशोसिएसन शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप भएको जिकिर गर्दछ । विज्ञप्ती निकालेर एशोसिएसनले प्रधानन्यायाधीशको ठाडो आदेशमा कानून व्यवसायी माथि अत्याधिक वल प्रयोग र हातपात भएको ठहर गरेको छ र आगामी दिनमा शान्तिपूर्ण प्रदर्शनमा हस्तक्षेप नदोहोर्याउन चेतावनी दिएको छ ।

छेउको कोणसभा रोक्न खोज्दा बीचमा पुग्यो !

बिहीबार कानुन व्यावासायीहरुले सर्वोच्च अदालतको परिसरभित्रै एक छेउ क्यान्टिन नजिक कोणसभा गर्न खोजेका थिए । माइक अड्याउने पोडियम मिलाए कोणसभाको तयारी गर्दै थिए । प्रहरीलमाइक हटाउन आग्रह गरे ।

कानून व्यवसायीहरुले पोडियम नहटाउने अडान लिए र प्रहरीले हटाउनुपर्ने भनेर दबाब दिइरह्यो । सर्वोच्च परिसरको छेउमै कोणसभा गर्ने कानुन व्यावसायीहरुको अडान र त्यसो नर्गन प्रहरीले गर्ने आग्रह करिब १० मिनेट चल्यो ।

त्यहीबेला सर्वोच्च परिसरमा खटिएका प्रहरी अधिकारीले कसैसँग फोन संवाद गरे । त्यसपछि भने प्रहरी आक्रामक भएर आयो र पोडियम हटाउन थाल्यो । ‘के निहुँ पाउँ’ भनेर बसिरहेका आक्रोशित कानून व्यवसायीलाई पनि प्रहरीले पोडियम निकाल्न थाल्नु बाहना बन्यो । प्रहरी पोडियन निकाल्न खोज्दै गर्दा कानुन व्यावसायीहरुले प्रहरीलाई धकेलेर धर्नास्थलको घेरा तोड्यो र सर्वोच्च अदालतको मूल गेटतर्फ अघि बढ्यो ।

तर, महासचिव लिलामणि पौडेलका अनुसार बिहीबार सर्वोच्च अदालतको परिसर छेउमा कोणसभा गर्ने तयारी थियो । सोही अनुसार पोडियन राखिएको थियो । प्रहरीको हस्तक्षेपले परिसरको बीचसम्मै पुगेर कोणसभा गर्ने अवस्था बन्यो । कानुन व्यावसायीहरु बीचतिर पुगेर नाराबाजी गरिरहँदा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सबै पोडियम वरिपरी गोलबन्द हुन्छन होलान भनेर पोडियमबाटै आफ्ना धारणा राखिरहेका थिए । तर, सर्वोच्च परिसरको बीचसम्म पुगिसकेका कानुन व्यावसायीहरु भूईंमा बसेपछि छेउमा तयारी भएको कोणसभा परिसरको बीचमा पुग्यो ।

सर्वोच्च परिसरको बीचमा पुगेर कानुन व्यवसायीले प्रधानन्यायाधीशविरुद्ध चर्को नाराबाजी गरे । प्रधानन्यायाधीश जबरालाई भ्रष्टाचारीको नाइके भएको आरोप लगाए । उनीहरुले सोझै ‘भ्रष्ट प्रधानन्यायाधीश, राजीनामा दे’ भन्ने नारा लगाए । कानून व्यवसायीहरुले प्रधानन्यायाधीशहरुलाई साथ दिन खोजेका केही कानून व्यवसायीहरुप्रति संकेत गर्दै मतियारहरु होसियार भन्दै नारा लगाए । नाराबाजी केही मत्थर हुन थालेपछि सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्य प्रदर्शनकारीको अघिल्तिर आए र मन्तव्य दिन थाले । उनले प्रधानन्यायाधीश जबरा भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउँदै राजीनामाको विकल्प नभएको बताए । अनि उनैले नारावाजीको नेतृत्व गरे र भने, ‘भ्रष्ट प्रधानन्यायाधीश, राजीनामा दे ।’

उनले शुक्रबार विहान धर्नास्थलमै भेला हुन र प्रधानन्यायाधीश जबरा विरुद्धको प्रदर्शनमा ऐक्यवद्धता जनाउन आग्रह गरे । उनले शुक्रबार पेशी तोक्ने काममा असहयोग गर्न सर्वोच्च अदालतका कर्मचारीहरुलाई आग्रह गरे । अनि इजलासमा नबस्न न्यायाधीशहरुलाई पनि अनुरोध गरे । अनि सुरक्षाकर्मीतर्फ फर्केर भने, ‘प्रधानन्यायाधीशज्यूलाई पदच्यूत गर्न भोलीदेखि सुरक्षाकर्मी साथीहरुले पनि धर्नामा बसेर साथ दिनुहोस् ।