नेपाल बारको आन्दोलनः प्रधानन्यायाधीसलाई सर्बोच्च प्रवेश गर्न नदिने

कात्तिक, २६ काठमाडौं । बार एशोसिएसनका वकीलहरुले पनि प्रदर्शन र धर्नालाई जारी राख्ने भएका छन् । आज बारका वहिलहरुले प्रधानन्यााधीस चोलेन्द्रशमशेर सर्वोच्च अदालतको मूल गेटमै धर्ना दिएर प्रधानन्यायाधीशलाई नै सर्वोच्च अदालतभित्र छिर्न नदिने तयारी गरेको बताइएको छ ।

हिजो बिहीबार पनि उनीहरुले गेटमा धर्ना दिएपछि प्रहरीद्वारा हस्तक्षेप गरेर स्थिति तनावपूर्ण भएको थियो । यसबाट झनै आक्रोशित वकिलहरुले आजदेखि थप सशक्त रुपमा विरोध प्रदर्शन गर्ने तयारी थालेका हुन् । आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालतमै प्रवेश गर्न नदिनेगरी धर्ना तयारी गरिएकाले स्थिति थप जटिल बन्न सक्ने बताइएको छ । यस्तै अवस्थालाई लक्षित गरी प्रशासनले पनि सर्वोच्च परिसरमा सुरक्षाकर्मी परिचालन बढाएको छ ।