कात्तिक, २६ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बारको आन्दोलनबाट पछि नहट्ने बुुुझिएको छ । बार नेपाल बार एशोशिएसनले जबरालाई अदालतमा छिर्न नदिने कार्यक्रम राख्दा जबरा भने पछि नहट्ने स्रोतले जनाएको छ। स्रोतका अनुसार उनी सर्वोच्चले दिने न्यायसेवा अवरुद्ध हुन नदिने अडानका साथ अदालत पस्ने निर्णयमा पुगेका हुन् । उनी कार्यलय समय १० बजे नै सर्बोच्च जाने स्रोतले जनाएको छ ।
बारले बिहिबार विरोध कार्यक्रम आयोजना गर्दा सर्वोच्च परिसरमै झडप समेत भएको थियो । त्यसपछि बार झन् आन्दोलित भएको हो ।
जबराको राजीनामा माग गर्दै बार आन्दोलनमा उत्रिएको छ । तर, जबरा कुनै हालतमा राजीनामा नदिने अडानमा छन् ।







