कात्तिक, २७ काठमाडौं । नकपा (एमाले)ले आज एकैपल्ट देशैभरबाट महाधिवेशनका लागि प्रतिनिधि छान्दै छ । दशौ महाधिवेशनका लागि देशभरबाट १ हजार ९९९ प्रतिनिधि छानिन लागिएको हो ।
एमालेका देशभर छरिएका ८ लाखभन्दा बढी संगठित सदस्यले आ–आफ्ना क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चुन्न लागेका हुन् । आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेले दशौं राष्ट्रिय महाधिवेशन गर्दैछ । नारायण नदीको किनारामा उद्घाटन र सौराहाको होटल सेभेन स्टारमा बन्द सत्र हुनेछ ।







