कांग्रेसले आज १२ वटा जिल्लामा वडा अधिवेशन गर्दै

काीत्तक, २७ काठमाडौं । नेपाली कांग्रेसले आज १२ वटा जिल्लामा वडा अधिवेशन गर्दै छ ।

भदौ १८ बाट शुरु भएको कांग्रेसको वडा अधिवेशन विभिन्न जिल्लामा सम्पन्न भइसकेको छ।

विवादका कारण बाँकी रहेका जिल्लाहरुको वडा अधिवेशन केन्द्रीय निर्वाचन समितिले आजबाट तोकेको हो। सिन्धुपाल्चोक,डोल्पा, बाँके, कैलाली, सुर्खेत, सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, बारा, पर्सा, सोलुखुम्बु, दार्चुला, म्याग्दीमा आजका लागि वडा अधिवेशन तोकिएको छ।