आजबाट अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको फाइजर खोप लगाइँदै

कात्तिक, २५ काठमाडौं । आजबाट अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको फाइजर खोप लगाइँदै छ ।

खोप अभियान ४ गतेसम्म चल्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । फाइजर खोप देशभरका २४ अस्पतालमा लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस मध्ये काठमाडौं उपत्यकाका ८ अस्पताल छन्।

दोस्रो डोज मंसिर २७ गतेदेखि पुस २ गतेसम्म लगाइने जानकारी दिइएको छ। १२ वर्ष उमेर माथिका दीर्घरोगीलाई खोप दिने तयारी छ ।