रौतहटमा कार दुर्घटना, ४ जनाको मृत्यु

कात्तिक, २८ रौतहट । रौतहटमा कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहटको गौर चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत झुनखुनवा चोकमा भारतीय नम्बरको कार दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

चन्द्रनिगाहपुर बाट गौर तर्फ गइरहेको युके १२८।२९०० कार झुनखुनवा चोेक नजिकै सनिवार राती ९ बजे दुर्घटना भएको थियो । प्रहरीले उद्धार गरी उपचारको लागि अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । उनीहरुको पहिचान हुन बाँकी रहेको प्रहरीको भनाई छ ।