१९ माघ, काठमाडौं । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरेका छन् ।
योसँगै मंगलबार बसेको नागरिक उड्डयन प्राधिकरणको बोर्ड बैठकले आगामी बिहीबारदेखि पदभार सम्हाल्ने गरी अधिकारीको नियुक्तिलाई स्वागत गरेको प्रवक्ता चन्द्रलाल कर्णले रातोपाटीलाई जानकारी दिए । उनी यसअघि प्राधिकरणको राष्ट्रिय गौरव आयोजनाका निर्देशक थिए ।







