सिन्धुलीमा बन्द गराउँदै हिँडेका १२ जना पक्राउ

१६ फागुन, सिन्धुली । सिन्धुलीमा एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा आह्वान गरेको बन्दको प्रभाव सामान्य देखिएको छ । यद्यपि सिन्धुलीमाडी बजार बन्द गराउँदै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई जिल्लाको विभिन्न ठाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा मदन भण्डारी राजमार्गअन्तर्गत मरिण गाउँपालिकामा रुख ढालेर सडक अवरोध गर्न खोज्ने तीन जनासहित ६ जना छन् ।

सत्ता गठबन्धनले १२ बुँदे ‘व्याख्यात्मक घोषणा’ सहित आइतबार एमसीसीसँगको अनुदान सम्झौतालाई बहुमतले अनुमोदन गरेको थियो।

एमसीसी अनुमोदनकोविरुद्ध सोमबार ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले आज नेपाल बन्द आह्वान गरेका हुन् ।