पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा पूर्णचन्द्र

२२ फागुन, काठमाडौँ । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको अध्यक्षमा पूर्णचन्द्र सापकोटा विजयी भएका छन् ।

आफ्ना प्रत्यासी यज्ञराज ढकाललाई परााजित गर्दै सापकोटा आगामी दुईवर्षे कार्यकालका लागि विजयी भएका हुन् ।

शनिबार भैरहवामा सम्पन्न निर्वाचनको अन्तिम मत परिणामअनुसार, विजयी सापकोटाले कुल खसेको ४१६ मत खसेकोमा २४६ मत पाए । उनका प्रतिद्वन्द्वी ढकाल १६२ मतमा पाएका थिए ।

उपाध्यक्ष थोकतर्फ रितेश रिमालको पल्लाभारी भएको छ । उनले २०७ मत ल्याए । उपाध्यक्षकै अर्का प्रतिस्पर्धी विकाश शर्मा तिमिल्सिनाको १९६ मतमा खुम्चिए ।

उपाध्यक्ष खुद्रामा लक्ष्मण घिमिरे २२६ मतका साथ निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी र गोपालप्रसाद भण्डारीले १२२ र कर्णप्रिय रानाले मात्रै ४८ मत पाए ।

महासचिवमा नारायणबहादुर भुजेल २२१ मतका साथ जित दर्ता गर्न सफल भएका छन् । उनीसँग प्रतिस्पर्धामा उत्रिएका नरेश कर्माचार्यले १८६ मत ल्याए ।

सचिवमा दिनेश कट्टेल २२५ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्थी साजन कार्की १७८ मतमा रोकिए । आयाततर्फको उपाध्यक्षमा धनकुमारी अधिकारी पाण्डे र कोषाध्यक्षमा सुना सुवेदी यसअघि नै निर्विरोध निर्वाचित भएका छन् ।

चार सदस्यका लागि सात जनाबीच प्रतिस्पर्धा भएकोमा अशोक शर्मा, होमाकान्त काफ्ले, कृष्णप्रसाद लम्साल र राजेन्द्र थापा मगर विजयी भएका छन् ।