२३ फागुन, काठमाडौं । ललितपुरमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका चार जना मृत भेटिएका हुन्।
गाउँपालिकाकाे वडा न –४ नल्लुमा मृत भेटिएको हो । प्रहरीकाअनुसार दुई घाइते छन् ।
प्रहरीले उनीहरूको निसास्सिएर मृत्यु भएको अनुमान गरेको छ। प्रहरीकाअनुसार मृत्यु हुनेमा ५५ वर्षीय काइँला स्याङताङ, बुहारी २२ वर्षीया सुष्मा स्याङताङ, नाति ९ वर्षीय आशिष स्याङताङ र ५ वर्षीया नातिनी आशमा स्याङताङ रहेका छन्।
२२ वर्षीय सुभाष स्याङताङ र नाबालक २ दिनको नवजात शिशु बेहोस् अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । घाइतेलाई उपचारका लागि पाटन अस्पताल लगिएको छ।







