क्युआरबाट भुक्तानी गरे ग्लोबल आइएमइ बैंकका ग्राहकलाई खाना पकाउने ग्यास खरीदमा छुट

३० फागुन, काठमाडौं। ग्लोबल आइएमइ बैंकका ग्राहकले क्युआर कोडबाट भुक्तानी गर्दा खाना पकाउने ग्यास किन्दा छुट पाउने भएका छन्।
बैंकले ग्यास विक्रेता महासंघसँग समझदारी गरेर छुट दिन लागेको हो। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्य र ग्यास विक्रेता महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले हस्ताक्षर गरेका छन्।

बैंकका भुक्तानी साझेदारहरु ’स्मार्ट च्वाइ टेक्नोलोजिज्’ र ’फोनपे’ सँग सहकार्य गरी डिजिटल पेमेन्ट प्रवद्र्धनका लागि छुट दिने स्किम ल्याइएको हो।

सुरक्षित र भरपर्दो माध्यमको रुपमा विकास हुँदै गरेको डिजिटल पेमेन्ट प्रणालीको प्रवद्र्धनका लागि ग्लोबल आइएमई बैंकले विभिन्न संघ–संस्थासँग सम्झौता गर्दै आएको छ।

महासंघका अध्यक्ष अर्यालले बैंकसँगको सहकार्यले महासंघमा आवद्ध मुलुकभरका २० हजारभन्दा बढी ग्यास विक्रेताहरु सिधै लाभान्वित हुने बताए। बैंकका देशभर २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ५० एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर छन्।